विभिन्न जिल्लामा बाढी-पहिरोको बितण्डा (फोटो फिचर) « Khabarhub

विभिन्न जिल्लामा बाढी-पहिरोको बितण्डा (फोटो फिचर)


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाले मुलुकका विभिन्न जिल्लामा गएको बाढी-पहिरोले जनधनको क्षति पुर्‍याएको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ जोडने पुल ।
बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङगा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङगा नदीमाथिको बाढीबाट क्षति पुगेको पुल ।
डोटीको केआइसिंह गाउँपालिका-५ बुहारमा गएराति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्रा जीप । जीपका चालक भने ज्यान बचाउन सफल भएका छन ।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका- ३३ स्थित चैनपुर – पानीटयाङ्की सडक ।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका- ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै ।
जाजरकोट बारेकाट गाउँपालिका-४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी ।
लमजुङको क्व्होलासोथर गाउँपालिका-७ स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका-४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका-७ मङ्गलाघाटस्थित प्रहरी बिट ।

अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढदा देखिएको दृश्य । पोखरा महानगरपालिका-१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ । यसले गर्दा आसपासका बस्ती जोखिममा परेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : १२ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।