विपद् व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपतिको जोड « Khabarhub

विपद् व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपतिको जोड


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो व्यक्त गरेकी छिन् ।

मन्त्रालयका सचिव महेश्वर न्यौपाने, मन्त्रालयअन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलसहितको टोलीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपतिले प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकार निकायसँगको समन्वयमा आवश्यक प्रविधि र उपकरणको समुचित प्रबन्ध गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

उनले दिगो विकासलाई ख्याल नगरी प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पनि प्राकृतिक विपद्को जोखिमलाई बढाएको उल्लेख गर्दै सम्बन्धित विशिष्टीकृत निकायको अध्ययन र सुझावका आधारमा सडक, आवास तथा बस्ती निर्माण गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आकृष्ट गराइन ।

भूकम्प, महामारी जस्ता आकस्मिक तथा बाढी, पहिरो, डुबान र आगलागी जस्ता मौसमी प्रकृतिका विपत्तिको जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, मन्त्रालय र प्राधिकरणले गरेको पूर्वतयारी र उद्धार तथा राहतका लागि गरेका प्रयत्नको प्रशंसा गर्दै राष्ट्रपतिले हालैका दिनमा बाढी तथा पहिराबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड –१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै महामारी रोकथाम र नियन्त्रणमा अझ बढी सफलताका लागि सम्बद्ध सबै पक्ष थप समन्वयात्मक रूपमा अग्रसर हुनुपर्ने पनि बताएकी छिन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ४६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन