पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी पोखरामा पर्‍याे « Khabarhub

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी पोखरामा पर्‍याे


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी पानी पोखरामा परेको छ।

“सबैभन्दा बढी वर्षा कास्की जिल्लाको पोखरा विमानस्थल केन्द्रमा मापन गरिएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मानव सञ्चालित ३७ र स्वचालित १७७ मापन केन्द्रहरूमा वर्षाको मापन गरिएको थियो।

केन्द्रहरूमध्ये १८६ वटा केन्द्रहरुमा वर्षा भएको थियो। ती केन्द्रहरूमध्ये पोखरामा सबैभन्दा बढी वर्षा भएको थियो।

प्राधिकरणका अनुसार वर्षा मापन केन्द्रहरू मध्ये एउटामा २५० मिलिमिटर भन्दा बढी, दुईवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी, तीनवटा केन्द्रमा १५० मिलिमिटर भन्दा बढी, १६ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी, ५९ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, १०६ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी र १४८ केन्द्रहरूमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

पछिल्लो २४ घण्टामा कास्की, तनहुँ, लम्जुङ, पर्वत र म्याग्दीमा सबैभन्दा बढी पानी परेको थियो। भारी वर्षापछि गएको पहिरो कारण पोखरामा मात्र आज १० जनाको मृत्यु भएको थियो।

बिहीबार बिहान १० बजे देखि शुक्रबार बिहान १० बजेसम्म पोखरामा २५०.९ मिलिमिटर पानी परेको थियो।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ०० बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना