भारतमा कोरोना : एकैदिन ६२ हजारभन्दा बढीमा संक्रमण, संक्रमित संख्या २२ लाख नाघ्यो « Khabarhub

भारतमा कोरोना : एकैदिन ६२ हजारभन्दा बढीमा संक्रमण, संक्रमित संख्या २२ लाख नाघ्यो


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ४५ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको