महाधिवेशन नजिकिदै गर्दा देउवाले नियुक्त गरे कांग्रेसका १० विभागका प्रमुख « Khabarhub

महाधिवेशन नजिकिदै गर्दा देउवाले नियुक्त गरे कांग्रेसका १० विभागका प्रमुख


२८ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभिन्न १० वटा विभागका प्रमुखको टुंगो लगाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहितासमेत उल्लंघन हुने गरी विभागका प्रमुखहरू नियुक्त नगर्न ध्यानाकर्षण गराए पनि सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गरेका हुन् ।

देउवाले संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई दिएका छन् भने हरिप्रसाद नेपाललाई शिक्षा विभागको प्रमुख नियुक्त गरेका हुन् ।

यस्तै महेन्द्र यादवलाई यातायात समन्वय विभाग, फर्मुल्लाह मन्सुरलाई मुस्लिम विभाग, तराई मधेश समन्वय विभागको नेतृत्वमा अजयकुरमा चौरसियालाई नियुक्त गरिएको छ ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, वन वतावरण विभागमा अम्बिका बस्नेत, वित्तिय तथा सहकारी समन्वय विभागमा आनन्द ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुन जोशी र वीरबहादुर वलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : ३९ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित