मध्यपहाडी लोकमार्गमा खसेका पहिरोले जोखिमै जोखिम, सडक जीर्ण « Khabarhub

मध्यपहाडी लोकमार्गमा खसेका पहिरोले जोखिमै जोखिम, सडक जीर्ण


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुगे पनि सकडको अवस्था जीर्ण भएको छ ।

सकड बेला बेलामा खसेका नयाँ–पूराना पहिरोले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन् सडक कामै नलाग्ने बनाएको छ ।

गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् ।

‘गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?’, जीप चालक राजेन्द्र विकले भने । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उनको भनाइ छ ।

यसपालिको वर्षायाममा सडक झन बिग्रिएको उनले बताए । लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले बताए । ‘ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ ।’ नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उनले भने ।

तत्काललाई पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपछि दीर्घकालीनरुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । ‘राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न,’ अध्यक्ष भण्डारीले गुनासो गरे ।

नाली सफाइ नहुँदा बढी समस्या निम्तिएको उनको भनाइ छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मत सम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ ।

सडक भाँसिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाका इञ्जिनीयर उज्जवल शर्माको भनाइ छ । आउँदो हिउँदमा काम अगाडि बढ्ने उनको भनाइ छ । घोडाबाँधे–हटिया खण्डको पूरै सडक पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको इञ्जिनीयर शर्माले बताए ।

कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भाँसिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको उनको भनाइ छ । लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा शुरुमा कालोपत्र भएको थियो ।

बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक अझै कच्ची छ । हटियादेखि पश्चिम अधिकांश खण्डमा पनि कालोपत्र सडक छ ।

मार्ग खुलको दुई दशक बित्दासमेत लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड कालोपत्र हुन सकेको छैन ।

पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दूरावस्थामा छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ३६ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका