पाकिस्तानबाट राजस्थान आएका एकै परिवारका ११ जनाको मृत्यु « Khabarhub

पाकिस्तानबाट राजस्थान आएका एकै परिवारका ११ जनाको मृत्यु


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानबाट भारतको राजस्थानमा आएका एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

आइतबार ११ जनाको शव खेतमा भेटिएपछि प्रहरी त्यहाँ पुगेको थियो । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए ।

३७ वर्षका एक जना केवल राम जीवित रहेकाले उनीबाटै घटनाको रहस्य खुल्न सक्ने प्रहरीले जनाएको छ ।

मृतक केवल रामका आमाबुवा, एक भाइ, तीन बहिनी, एक छोरी र दुई छोरा तथा उनका हजुरबुबा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : ३० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति