११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण « Khabarhub

११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना परिक्षण गरिएको छ ।

सोमबार पाटन अस्पतालमा ११ जना खेलाडी, २ जना अफिसियल र अन्य १२ जनाको कोरोना परीक्षण गरिएको हो ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको छनोटका बाँकी खेलका लागि बन्द प्रशिक्षण सुरु गर्नु अघि एन्फाले खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षण गरेको हो ।

‘अहिले २५ जनाको कोरोना जाँच सकिएको छ,’ टीम व्यवस्थापक मधुसुदन उपाध्यायले भने ।

एन्फाले आज र भोलि गरेर ७० जना हाराहारीको पाटन अस्पतालमा कोरोना परिक्षण गरिसक्ने बताएको छ ।

३४ जना खेलाडी, अफिसियल र अन्य स्टार्फसहित ७० जनाको कोरोना जाँच गर्ने तयारी गरेको छ ।

एन्फाले अभ्यास सुरु गर्न आफ्नो प्रोटोकल समेत सार्वजनिक गरिसकेको छ। जसमा खेलाडीले अभ्यासमा जानु अगाडि र अभ्यासबाट फर्किँदा ज्वरो नाप्नेदेखि खाना एक्लै बसेर खानुपर्नेसम्मका कुराहरु उल्लेख गरिएको छ ।

विश्वकप छनोट अन्तर्गतका खेल अक्टोबर ८ बाट सुरु हुने तय भएको छ । कुनै समस्या नभए नेपालले आफ्नै घरेलु मैदानमा चाइनीज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’मा रहेको नेपालले ५ खेल खेलिसक्दा ३ अंक मात्रै जोड्न सकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ०३ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज