वीरगञ्जकी ४५ वर्षीया महिलाको कोरोनाले मृत्यु, थप २२ जना संक्रमित « Khabarhub

वीरगञ्जकी ४५ वर्षीया महिलाको कोरोनाले मृत्यु, थप २२ जना संक्रमित


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलाको कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर मदन उपाध्यायले खबरहबलाई बताए ।

डा.उपाध्यायका अनुसार उनी वीरगञ्ज १५ की ४५ वर्षकी महिला हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि यही साउन २४ गते उनलाई नारायणी कोभिड विशेष अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उनको २४ गते उपचारको क्रमम मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए ।

‘२४ गते नारायणी अस्थायी कोभिड अस्पतालमा इमर्जेन्सीमा भर्ना हुनुभयो २५ गते विहान मृत्यु भएको थियो,’ डा.उपाध्यायले भने, ‘उहाँको आज कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

डा.उपाध्यायका अनुसार ती महिलामा उच्च रक्तचाप र थाइराइडको समस्या समेत रहेको थियो । नारायणी अस्पतालको प्रयोगशालामा ती मृतक महिलासहित थप २२ जनामा कोरोना पुष्टि भएको डा.उपाध्यायले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : १४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती