वीरगञ्जकी ४५ वर्षीया महिलाको कोरोनाले मृत्यु, थप २२ जना संक्रमित « Khabarhub

वीरगञ्जकी ४५ वर्षीया महिलाको कोरोनाले मृत्यु, थप २२ जना संक्रमित


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलाको कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर मदन उपाध्यायले खबरहबलाई बताए ।

डा.उपाध्यायका अनुसार उनी वीरगञ्ज १५ की ४५ वर्षकी महिला हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि यही साउन २४ गते उनलाई नारायणी कोभिड विशेष अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उनको २४ गते उपचारको क्रमम मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए ।

‘२४ गते नारायणी अस्थायी कोभिड अस्पतालमा इमर्जेन्सीमा भर्ना हुनुभयो २५ गते विहान मृत्यु भएको थियो,’ डा.उपाध्यायले भने, ‘उहाँको आज कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

डा.उपाध्यायका अनुसार ती महिलामा उच्च रक्तचाप र थाइराइडको समस्या समेत रहेको थियो । नारायणी अस्पतालको प्रयोगशालामा ती मृतक महिलासहित थप २२ जनामा कोरोना पुष्टि भएको डा.उपाध्यायले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : १४ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका