नेपालगञ्जमा २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण « Khabarhub

नेपालगञ्जमा २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगञ्जमा दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले केही समयअघि आफ्नो फेसबुक पेजमार्फत २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका संक्रमितमा बाँकेका १५ जना, कैलालीका २ जना, दाङका एक जना, बर्दियाका एक जना र सल्यानका एक जना रहेका छन् ।

संक्रमित २ जना चिकित्सक नेपालगञ्ज मेडिकल कलेजका हुन् । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकसहित सर्वसाधारणको स्वाब संकलन गरी परीक्षण गर्दा  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमितहरु अस्पतालमा उपचारत बिरामी हुन् ।

यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलित नमूनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आइतबार साँझ ३१५ जनाको कोरोना परीक्षणको रिपोर्ट आएकोमा २० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सेती प्रादेशिक असपतालमा गरिएको परीक्षणमा  कैलालीका २ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालले एक विज्ञप्ती मार्फत थप २ जनामा संक्रमण पुष्टि भएको जानकारी  दिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ४६ बजे

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न