लगानी बोर्डमा नियुक्त भट्टको नियुक्तिविरुद्ध उच्च अदालतमा रिट « Khabarhub

लगानी बोर्डमा नियुक्त भट्टको नियुक्तिविरुद्ध उच्च अदालतमा रिट


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सुशील भट्टको नियुक्ति बदरको माग उच्च अदालत पाटनमा रिट परेको छ।

सोमबार अधिवक्ता जयबहादुर भुजेलले उत्प्रेषणको आदेशबाट भट्टको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट दिएका हुन् ।

भट्टले यसअघि विभिन्न परियोजनाहरू अलपत्र पार्ने गरेको आरोप लगाउँदै रिट दायर भएको हो । रिटको पेशी मंगलबारलाई तोकिएको छ।

बोर्डमा स्वच्छ छवि भएको योग्य र दक्ष व्यक्तिलाई नियुक्त गर्ने आदेश सरकारलाई दिन पनि रिट निवेदकले माग गरेका छन्।

साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गरेको थियो।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : ५८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार