कतारबाट थप १५२ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट थप १५२ नेपाली स्वदेश फर्किए



दोहा – कतारबाट २९ औँ उडानमार्फत १५२ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाईन्सको उडान २३९२ को उडानबाट १२ महिला सहित १५२ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वित्तीय सचिव प्रविण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजीकरणका तथा विदाइका लागि नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसअघि आजै नेपाल तथा हिमालय एयरलाईन्सको दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किएका थिए ।

कतारबाट नेपाल फर्किन चहाने नेपालीको संख्या १३ हजार २५५ भएपनि यो समाचार तयार पर्दासम्म कतारबाट ५,२०२ जना नेपाली मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा विभिन्न समयमा मृत्यु भएकामध्ये ४६ वटा शव पनि नेपाल पठाएको जनाएको छ । अब कतारबाट अर्को उडान कहिले हुने बारे दूतावासले केहि जानकारी गराएको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : २६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६