कतारबाट थप १५२ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट थप १५२ नेपाली स्वदेश फर्किए



दोहा – कतारबाट २९ औँ उडानमार्फत १५२ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाईन्सको उडान २३९२ को उडानबाट १२ महिला सहित १५२ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वित्तीय सचिव प्रविण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजीकरणका तथा विदाइका लागि नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसअघि आजै नेपाल तथा हिमालय एयरलाईन्सको दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किएका थिए ।

कतारबाट नेपाल फर्किन चहाने नेपालीको संख्या १३ हजार २५५ भएपनि यो समाचार तयार पर्दासम्म कतारबाट ५,२०२ जना नेपाली मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा विभिन्न समयमा मृत्यु भएकामध्ये ४६ वटा शव पनि नेपाल पठाएको जनाएको छ । अब कतारबाट अर्को उडान कहिले हुने बारे दूतावासले केहि जानकारी गराएको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : २६ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच