कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित « Khabarhub

कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ ।

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड–१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म १५ दिनलाई कुनै पनि समितिको बैठक नराख्ने आज समितिको बैठकमा जानकारी दिए ।

उनले भने, “कोभिड–१९ बाट जनता र देश आक्रान्त भएको अवस्थामा समितिका बैठक राख्नु ठिक हो कि होइन भन्ने प्रश्न उठेको र छलफलपछि सकेसम्म १५ दिन कुनै पनि समितिको बैठक नराख्ने भन्ने भएको छ ।”

अबको १५ दिनको अवधिपछि सङ्क्रमणको अवस्था हेरेर त्यसपछिका बैठक पनि राख्ने वा नराख्ने बारेमा थप मूल्याङकन हुने बताउँदै सभापति बिँडारीले भने, “१५ दिनसम्म माननीयज्यूहरु पनि बडो होसियारीका साथ बस्नुहोला, सुरक्षितरूपमा आवतजावत गर्नुहोला, जिल्लामा जाँदा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, कसैसँग हात नमिलाउने जस्ता नियम पालना गर्नुहोला ।”

कतिपय समितिका बैठक सञ्चालनका लागि भौतिक पूर्वाधारका संरचनाको अभावमा भौतिक र सामाजिक दूरी कायम गर्न असजिलो अवस्था छ । यद्यपि अब आउने हिँउदे अधिवेशनका निम्ति थुप्रै विधेयक तयार गर्नुपर्ने भएको र विधेयक समितिमा अलपत्र परेको हुँदा विधायन व्यवस्थापन समितिको बैठकलाई भने नियमित गर्ने कि भन्ने प्रश्न उठेको थियो ।

तथापि विषयवस्तु र आवश्यकताका आधारमा अत्यन्त जरुरी भएको खण्डमा जोखिमप्रति सजग रहने, भौतिक र सामाजिक दूरी कायम गर्ने, सङ्क्रमण हुन नदिने सबै उपाय अवलम्बन गरी कमभन्दा कम मानिस बोलाएर स–साना सङ्ख्यामा उपसमिति सञ्चालन गर्न भने सकिने जानकारी दिइएको छ ।

उक्त आधारमा बैठक राख्ने वा नराख्ने अधिकार समितिका सभापतिलाई दिइएको सभापति बिँडारीले सदस्यलाई जानकारी दिए । प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र संयुक्त सदन मातहत दुई वटा विषयगत समिति छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ४३ बजे

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई