आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ? « Khabarhub

आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ?


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ दर्शकमाझ प्रतीक्षित छ । कोरोना भाइरसका कारण यो फिल्म पनि प्रभावित बनेको छ ।

उनको यो फिल्म प्रतीक्षित फिल्ममध्ये एक हो ।

कोरोना भाइरसका कारण अब यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । क्रिसमसको मौका पारेर यसै वर्ष रिलिज भनिएको फिल्म अर्को वर्ष रिलिज हुने भएको हो ।

फिल्मका निर्माताले यसलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न चाहँदैनन् । केही पाइपलाइनका फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भए पनि प्रतीक्षित फिल्मले रिलिज मिति सारेका छन् ।

कोरोना भाइरस र लकडाउनपछि आमिरले यो फिल्मको शूटिङ थालेका छन् । फिल्मको कलकत्ता, पञ्जाव, राजस्थान, गुजरात लगायत कैयन् ठाउँमा छायांकन गरिएको छ ।

हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक यो फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् ।

फिल्ममा आमिर खान र करीना कपूरको जोडी देख्न सकिनेछ । आमिर र करीनाले यसअघि ‘थ्री इडियट्स’ र ‘तलास’ मा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ५५ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो