आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ? « Khabarhub

आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ?


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ दर्शकमाझ प्रतीक्षित छ । कोरोना भाइरसका कारण यो फिल्म पनि प्रभावित बनेको छ ।

उनको यो फिल्म प्रतीक्षित फिल्ममध्ये एक हो ।

कोरोना भाइरसका कारण अब यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । क्रिसमसको मौका पारेर यसै वर्ष रिलिज भनिएको फिल्म अर्को वर्ष रिलिज हुने भएको हो ।

फिल्मका निर्माताले यसलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न चाहँदैनन् । केही पाइपलाइनका फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भए पनि प्रतीक्षित फिल्मले रिलिज मिति सारेका छन् ।

कोरोना भाइरस र लकडाउनपछि आमिरले यो फिल्मको शूटिङ थालेका छन् । फिल्मको कलकत्ता, पञ्जाव, राजस्थान, गुजरात लगायत कैयन् ठाउँमा छायांकन गरिएको छ ।

हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक यो फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् ।

फिल्ममा आमिर खान र करीना कपूरको जोडी देख्न सकिनेछ । आमिर र करीनाले यसअघि ‘थ्री इडियट्स’ र ‘तलास’ मा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ५५ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६