एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित « Khabarhub

एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका हुन् । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो ।

यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो । सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताए।

सङ्क्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : २३ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको