किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए ।

पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । ती महिलाको सोमबार साझँ ४ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पाठकले बताए ।

उनले भने, ‘२५ गते निमोनियाको समस्या लिएर भर्ना हुनु भएको थियो, आज बिहान ९ बजे उहाँको मृत्यु भएको हो । अहिले ४ बजे रिपोर्ट पोजेटिभ आयो ।’

पाठकका अनुसार ती महिलाको शब कोभिड संक्रमित शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको तयारी भइरहेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको मृत्यु पुष्टि गर्न बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै थप चार जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : २२ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह