गोंगबु हत्या प्रकरणमा संलग्न भएको आशंकामा चितवनकी एक महिला पक्राउ | Khabarhub Khabarhub

गोंगबु हत्या प्रकरणमा संलग्न भएको आशंकामा चितवनकी एक महिला पक्राउ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार गोंगबु चोक नजिकै सुटकेशभित्र उनको टाउकोविनाको शव भेटिएको थियो ।

कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको फेला पारेको थियो ।

सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ४१ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल_को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार