निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा चहलपहल, आज बिजोर नम्बरका सवारीसाधन सञ्चालन « Khabarhub

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा चहलपहल, आज बिजोर नम्बरका सवारीसाधन सञ्चालन


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै चहलपहल बढेको छ ।

जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ ।

जोरबिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकेका छन् । आजैदेखि १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । चालकसहित ३ जनासम्म चलाउन पाइने आदेश जारी भएपछि आजदेखि निर्वाधरूपमा ट्याक्सी सञ्चालनमा आएका छन् ।

आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।

यस्ता पसलहरू बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।

यीबाहेकका पसल तथा व्यवसाय भने बिहीबार बाहेकका विभिन्न दिनमा खोल्न पाइने गरी तोकिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : ४८ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका