थारू समुदाय जितिया पर्व मनाउँदै, महामारीले छैन विगतको जस्तो उल्लास « Khabarhub

थारू समुदाय जितिया पर्व मनाउँदै, महामारीले छैन विगतको जस्तो उल्लास


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- थारू समुदाय आज जितिया पर्वमा व्यस्त छन् ।

जितियाको दोस्रो तथा मुख्य दिन भएकाले आज थारू समुदायमा पनि महिलाहरूले यसलाई उल्लासका साथ मनाउँछन् । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष भने खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् ।

सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका हुन् ।

थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ ।

कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए ।

आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् ।

यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् ।

तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा खैरहनी नगरपालिका–१० की फूलमती चौधरी बताउँछिन् ।

चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया मनाइन्छ । चितवनमा करिव ८० हजार थारु समुदायको बसोबास छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : ३९ बजे

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन