चाणक्य नीति : यी ५ गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन्  « Khabarhub

चाणक्य नीति : यी ५ गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् 


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जीवनमा जो पनि सफल हुन चाहन्छ । सफलताका लागि चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो ।

सबैको सोच सफल हुने भए पनि मानिसहरु सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ ।

सफलता प्राप्तिका लागि व्यक्तिमा केही विशेष गुण हुनु पनि आवश्यक हुन्छ । यस्ता गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् ।

१. खुलापन
खुलापनको अर्थ हो कि व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन ।

२. ज्ञान
आचार्य चाणक्य भन्छन् कि ज्ञानको अर्थ, विषयको जानकारी हो, त्यो मात्र किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।

३. धन सञ्चित
धनको विषयमा चाणक्य भन्छन् कि, व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरुको सामु हात फैलाउनु पर्दैन् ।

४. आत्मविश्वास
दोस्रो व्यक्ति तबमात्रै तपाईमाथि विश्वास गर्छ, जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै नराम्रो समयको पनि सामना गर्न सक्छन् । यस्ता व्यक्ति असफल भएपनि सफल हुने हिम्मत राख्छन्, र हुन्छन् पनि ।

५. मेहनती
‘मेहनत गर्ने सबै मानिस सफल हुन्छन् नै भन्ने हुँदैन’ भनेर हामी सबैले भन्ने गर्छौं । तर यो पनि वास्तविकता हो कि, मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन । आचार्य चाणक्य पनि भन्छन् कि, सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । र, मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : ५७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र