चाणक्य नीति : यी ५ गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन्  | Khabarhub Khabarhub

चाणक्य नीति : यी ५ गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् 


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जीवनमा जो पनि सफल हुन चाहन्छ । सफलताका लागि चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो ।

सबैको सोच सफल हुने भए पनि मानिसहरु सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ ।

सफलता प्राप्तिका लागि व्यक्तिमा केही विशेष गुण हुनु पनि आवश्यक हुन्छ । यस्ता गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् ।

१. खुलापन
खुलापनको अर्थ हो कि व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन ।

२. ज्ञान
आचार्य चाणक्य भन्छन् कि ज्ञानको अर्थ, विषयको जानकारी हो, त्यो मात्र किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।

३. धन सञ्चित
धनको विषयमा चाणक्य भन्छन् कि, व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरुको सामु हात फैलाउनु पर्दैन् ।

४. आत्मविश्वास
दोस्रो व्यक्ति तबमात्रै तपाईमाथि विश्वास गर्छ, जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै नराम्रो समयको पनि सामना गर्न सक्छन् । यस्ता व्यक्ति असफल भएपनि सफल हुने हिम्मत राख्छन्, र हुन्छन् पनि ।

५. मेहनती
‘मेहनत गर्ने सबै मानिस सफल हुन्छन् नै भन्ने हुँदैन’ भनेर हामी सबैले भन्ने गर्छौं । तर यो पनि वास्तविकता हो कि, मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन । आचार्य चाणक्य पनि भन्छन् कि, सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । र, मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : ५७ बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी