भिण्डीका फाइदा : चाउरीपना हटाउनेदेखि मुटुसम्बन्धी रोग नियन्त्रणसम्म « Khabarhub

भिण्डीका फाइदा : चाउरीपना हटाउनेदेखि मुटुसम्बन्धी रोग नियन्त्रणसम्म


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिण्डी के हो ? सबैलाई थाहा भएकै कुरा हो । यो तरकारीका रुपमा सबैले प्रयोग गरेका हुन्छ । कतिपय मानिसलाई भिण्डी मनपरे पनि केहीले यसको तरकारी मनपराउँदैनन् ।

तर यसको विशेषता जान्ने र बुझ्नेले भने सही तरिकाले प्रयोग गरिरहेका हुन्छन् । आज हामीले भिण्डीको प्रयोगले मानव स्वास्थ्यमा पुर्‍याउने विवध फाइदाका विषयमा जानकारी दिएका छौं ।

हरियो साग सब्जीका रुपमा भिण्डीको प्रयोग गर्ने गरिन्छ । नेपाल लगायत विश्वका अन्य देशहरुमा पनि मानिसद्वारा भिण्डीको परिकारलाई अत्याधिक मन पराइन्छ।

भिण्डीमा शरीरका लागि लाभदायक हुने विभिन्न खनिज तत्वहरु पाइने गर्दछ। यसमा पाइने गुणकारी तत्वहरुले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउरीपना कम गर्न मद्दत गर्दछ।

भिण्डीका फाइदाहरु भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ।

साथै यसमा पाइने सोल्युबल फाइबरले रगतमा कोलेस्ट्ट्रोललाई नियन्त्रण गरि मुटु रोगको जोखिम कम गर्दछ। भिण्डीमा प्रशस्तमात्रामा पाइने यूजेनोल मधुमेहका विरामीका लागि फाइदाजनक हुनेगर्दछ। यूजेनोलले शरीरमा सुगरको मात्रा नियन्त्रण गरी, मधुमेह हुने जोखिम कम गर्दछ।

एनिमियाका बिरामीहरुका लागि पनि भिण्डी निकै प्रभावकरी शब्जी हो। भिण्डीमा पाइने आइरनले हेमोग्लोविनको निर्माण गर्न मदत पुर्याउँदछ र भिटामिन के ले रक्तश्राव रोक्ने कार्य गर्दछ।

भिण्डीमा भरपुर मात्रामा सोल्युबल फाइबर पाइन्छ जुन पाचन प्रणालीका लागि अत्यन्तै प्रभ्कारी हुन्छ। यसले पेट फुल्ने, कब्जियत र ग्यास जस्तो समस्याहरु हुन दिँदैन। साथै हड्डी बलियो बनाउनका लागि पनि भिण्डी फाइदाजनक शब्जी हो।

भिण्डीमा भिटामिन सी सँगै एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई सुधारगर्नुका साथै विभिन्न संक्रामक रोगहरुसँग लड्न मद्दत गर्दछ। यसको सेवनले चिसोलाग्ने समस्या पनि कम हुन्छ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : १९ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध