यस्ता छन् जैतुनको तेलका फाइदा « Khabarhub

यस्ता छन् जैतुनको तेलका फाइदा


२५ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हामी भान्सामा तोरी वा सोयाबिनको तेल अधिक मात्रामा प्रयोग गरिरहेका हुन्छौं ।

तर, अब चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि भान्सामा प्रयोग हुन थालेको छ ।अध्ययनहरुले यसले खानाको स्वाद मीठो बनाउने मात्र नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् ।

फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले हृदयरोगको खतरा कम गर्ने अध्ययनहरुले देखाएका छन् । यतिमात्र होइन, शरीरमा कोलेस्टेरोलको मात्र कम गर्न पनि ओलिभको तेल प्रयोग गर्न सुझाइएको पाइन्छ ।

ओलिभ तेल विभिन्न किसिम वा वर्गको हुने मान्यता छ । गाडा हुने एक्स्ट्रा भर्जिन ओलिभ तेल, पोमेस ओलिभ तेल र शुद्ध ओलिभ तेल गरि यो तेल तीन विभिन्न वर्गमा विभाजन गरिएको छ ।

अरु तेलहरु बिजबाट निकालिन्छ, तर जैतुनको तेल जैतुन फलबाट बनाइन्छ । यसले हाम्रो शरीरको स्वास्थ्यका लागि निधै धेरै फाइदा गर्छ ।

तर, जैतुनको तेल डिप फ्राइ गर्न चाहिँ प्रयोग गर्नु हुँदैन । डिप फ्राइका लागि प्रयोग गर्दा यसमा हुने पौष्टिक गुण हराउने सम्भावना अधिक रहन्छ । जैतुनको तेल स्टोर गरेर धेरै समयसम्म राख्न पनि हुँदैन ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ७ : ४४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६