यस्ता छन् जैतुनको तेलका फाइदा « Khabarhub

यस्ता छन् जैतुनको तेलका फाइदा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हामी भान्सामा तोरी वा सोयाबिनको तेल अधिक मात्रामा प्रयोग गरिरहेका हुन्छौं ।

तर, अब चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि भान्सामा प्रयोग हुन थालेको छ ।अध्ययनहरुले यसले खानाको स्वाद मीठो बनाउने मात्र नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् ।

फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले हृदयरोगको खतरा कम गर्ने अध्ययनहरुले देखाएका छन् । यतिमात्र होइन, शरीरमा कोलेस्टेरोलको मात्र कम गर्न पनि ओलिभको तेल प्रयोग गर्न सुझाइएको पाइन्छ ।

ओलिभ तेल विभिन्न किसिम वा वर्गको हुने मान्यता छ । गाडा हुने एक्स्ट्रा भर्जिन ओलिभ तेल, पोमेस ओलिभ तेल र शुद्ध ओलिभ तेल गरि यो तेल तीन विभिन्न वर्गमा विभाजन गरिएको छ ।

अरु तेलहरु बिजबाट निकालिन्छ, तर जैतुनको तेल जैतुन फलबाट बनाइन्छ । यसले हाम्रो शरीरको स्वास्थ्यका लागि निधै धेरै फाइदा गर्छ ।

तर, जैतुनको तेल डिप फ्राइ गर्न चाहिँ प्रयोग गर्नु हुँदैन । डिप फ्राइका लागि प्रयोग गर्दा यसमा हुने पौष्टिक गुण हराउने सम्भावना अधिक रहन्छ । जैतुनको तेल स्टोर गरेर धेरै समयसम्म राख्न पनि हुँदैन ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : ४४ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा