विना दर्ता सञ्चालित ग्राण्डी सिटी हस्पिटलले घरभाडा पनि नतिरेको खुलासा « Khabarhub

विना दर्ता सञ्चालित ग्राण्डी सिटी हस्पिटलले घरभाडा पनि नतिरेको खुलासा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विना दर्ता सञ्चालित ग्राण्डी सिटी हस्पिटलले कान्तिपथको ज्योती भवनमा भाडासमेत नतिरी जवर्जस्ती बसेको पाइएको छ ।

अस्पताल सञ्चालन रहेको घरका मालिक ज्योती ग्रुपका अध्यक्ष पद्ज्योतीले आफ्नो घर खाली गर्न भने पनि अस्पताल सञ्चालनले बलजफ्ति बसेर अस्पताल सञ्चालन गरिरहेको बताएका हुन् ।

ज्योती ग्रुपका अध्यक्ष ज्योतीले कान्तिपुर दैनिकमा सूचना प्रकाशित गर्दै उक्त अस्पतालले आफुलाई भाडासमेत नतिरी बलजफ्ति बस्दै आएको बताएका हुन् ।

पद्यमज्योलीले आफ्नो भाइ डाक्टर रुपज्योती र मिला सायमी नामकी महिलाले सिटी हस्पिटल एण्ड क्लिनिक प्रालि नामक कम्पनीले अस्पताल सञ्चालनको लागि आफ्नो स्वामित्वमा रहेको घर (ज्योतीभवन) को केही खण्ड बहालमा दिन अनुरोध गरेको र सो समयमा मौखिक रुपमा मन्जुरी दिएको समेत बताएका छन् ।

अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दा कुनै सम्झौतामा सही नगरेको र बहाल रकम दिनसमते आलटाल गर्दै आएको भन्दै आफुले घर खालि गरिदिन औपचारिक रुपमा सूचाना दिएको ज्योलीले बताए ।

आफुले औपचारिक रुपमा घर भवन खालि गर्न भनेपछि घर खाली नगरेको ज्योतीको भनाइ छ । उक्त अस्पताल कानुन विपरित अनुमति विना सञ्चालन भएको भन्ने समाचार आएपछि आफुले अस्पताल दर्ता र नियमन गर्ने सबै निकायहरु स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि बुझेको बताएका छन् ।

सो क्रममा कुनै पनि कार्यालयमा उक्त अस्पताल दर्ता नभएको भेटिएको ज्योतीको भनाइ छ ।

अस्पताल अवैधानिक रुपमा सञ्चालन भएको पाइएपछि साउन २५ गते आफु र आफ्नो छोराहरुले जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा लिखित रुपमा निवेदन दिइ उक्त अस्पताल अवैधानिक रुपमा सञ्चालनमा रहेको जानकारी गराएको उनले बताए ।

जनताको स्वास्थ्य जस्तो गम्भीर विषयसँग सम्बन्धित भएकाले जिम्मेवार निकायलाई उक्त अस्पताल सञ्चालन प्रक्रिया रोकी घर खाली गराउन आफुले निवेदन दिएको उनले बताए ।

तर आफुले निवेदन दिएपछि सम्बन्धित नियकाले अस्पताललाई अझैसम्म कुनै कारबाही नगरेको उनले सूचना मार्फत जानकारी गराएका छन् ।

७ वर्षदेखि ज्योतिभवनमा सञ्चालित ग्राण्डी सिटी अस्पताल कुनै पनि निकायमा दर्ता नभएको पाइएको स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले उक्त अस्पतालको दर्ता प्रकियाको रुपमा बुझ्न अस्पताललाई पत्राचार गर्दा कुनै जवाफ नआएको बताएका छन् ।

अस्पताल सञ्चालनको विषयमा अनुसन्धान गर्न महाशाखाले टोली गठन गरिरहेको जनाएको छ ।

कोरोना संक्रमणको कारण उपत्यकामा भएको निषेधाज्ञाको कारण अस्पतालको विषयमा अनुसन्धान प्रकृयामा केही ढिलाइ भएको डा पोखरेलको भनाइ छ ।

उक्त अस्पतालमा विशेषज्ञ सेवाहरु र आइसीयु सेवा समेत सञ्चालनमा रहेको महाशाखाको भनाइ छ ।

यो पनि पढ्नुहोस्

एउटा यस्तो ‘विश्वस्तरीय’ अस्पताल जो कतै दर्ता छैन

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ३ : ५९ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु