‘स्टामिना’ कम भएर थकित महसूस गर्नुहुन्छ ? यी खानेकुरा खानुस् « Khabarhub

‘स्टामिना’ कम भएर थकित महसूस गर्नुहुन्छ ? यी खानेकुरा खानुस्


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको व्यस्त जीवनमा काम गर्न उत्तिकै शक्तिको आवश्यकता पर्छ । अझ कतिपय मान्छे त एक‍ैछिन काम गर्दा पनि थाकिहाल्छन् । किनकि, उनीहरूसँग पर्याप्त शक्ति हुँदैन । स्टामिनाको कमीले यस्तो हुने गर्छ ।

शरीरलाई चाहिने स्टामिना बढाउनका लागि कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरन जस्ता तत्व चाहिन्छ । यी तत्वले तपाईंलाई दिनभरि तन्दुरुस्त राख्न मद्दत गर्छ । हामीले केही त्यस्ता खानेकुराका बारेमा भन्न गइरहेका छौं, जसले गर्दा तपाईंमा स्टामिना थपिन्छ ।

केरा

तपाईंले बिहान एउटा केरा खाने गर्नुभयो भने तपाईंमा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा मिल्छ । साथै तपाईंलाई दिउँसो पनि आलस्य लाग्यो भने केरा खाने गर्नुस् । यसले फाइदा पुर्‍याउँछ ।

चुकन्दर रस

तपाईंले दैनिक चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरले उर्जा पाउँछ ।

मुँगको दाल

मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा स्टामिना बढ्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

बदाम

बदाममा क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियम पाइन्छ । यसको सेवनले स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएर सात/आठवटा बदाम खाँदा फाइदा पुग्छ ।

उम्रेको चना

बिहान दैनिक जसो खाली पेट अंकुरित चना खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको पूर्ति हुन्छ र स्टामिना बढ्छ ।

दाल

दाल तपाईंको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानको खानामा दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि फाइदा पुर्‍याउँछ ।

पालुंगो

स्टामिना बढाउनकालागि पालुंगोको सूप, जुस वा सागपात खानु पनि फाइदाजनक हुन्छ । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउने हो भने यसले तपाईंलाई उर्जा दिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : २८ बजे

युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त

प्रिमियर लिगमा सिटीलाई भाग्यको साथ, सुरूमै भिल्लालाई झट्का, न्यूक्यासलमा विस्साको रवाफ

म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै केही ठूला

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,