गृहद्वारा ‘बीओपी’ स्थापनाका लागि स्वीकृति | Khabarhub Khabarhub

गृहद्वारा ‘बीओपी’ स्थापनाका लागि स्वीकृति


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्रालयले चीनसँगको सीमा नाका ताप्लेजुङ्को ओलाङ्चुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी (बीओपी) स्थापनाका लागि स्वीकृति प्रदान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दुई ठाउँका लागि मन्त्रालयले आज सो स्वीकृति दिएको हो ।

बीओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेको छ । जग्गा प्राप्त हुनेवित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकारको छ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५०० चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

उक्त योजनाअनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिनेछ ।

हाल चीन र भारतको सीमा क्षेत्रमा १५७ स्थानमा चौकी स्थापना भइसकेको छ । चीनतर्फ पाँच वटा छ । पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए ।

मन्त्रालयका अनुसार ५०० मध्ये पहिलो चरणमा २२१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : १२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी