कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग बढाऔं : प्रधानमन्त्री ओली « Khabarhub

कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग बढाऔं : प्रधानमन्त्री ओली


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका रहेको बताएका छन् ।

काेभिड- १९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै याेगा पनि पर्ने बताए ।

उनले भने- ‘आयुर्वेद खासमा औषधि र आराेग्य विज्ञान दुबै हाे ।’

उनले मेसिनहरू एलाेपेथिक नभएकाे प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र  औद्याेगिकरणकाे प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जाेड दिए।

आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले याेगमाया विश्वविद्यालय स्थापना गरेकाे र यसमार्फत भविष्यमा सिंगाे विश्वकाे ध्यानाकर्षण गरी आयुर्वेद र याेगाकाे विकास गर्ने लक्ष राखिएकाे उल्लेख गरे ।

निराेगी नेपाल निर्माणमा आयुर्वेदकाे भूमिका व्यापक बढाउन सरकार दृढ रहेकाे उनको धारणा थियो ।

हाम्रा पूर्वजहरूले औषधिमय खानपानकाे प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामाे अनुुभव र प्रयाेगबाट औषधिमय तत्वकाे पहिचान र प्रयाेग गरेका उनले स्मरण गराए ।

प्रधानमन्त्री ओलीले काेभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयाेगात्मक मात्रै नबनाउन र यसकाे प्रयाेगलाई बढाउन समेत सबैकाे ध्यानाकर्षण गराए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”का साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका  प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयाेगी घरेलु विधिहरूकाे सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसकाे व्यापक प्रचारप्रसार गर्न पनि जाेड दिए ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम काेइराला, डा. प्रदीप केसी, विनाेद पाैडेल, डा. रामआधार यादव, डा. सन्ताेष ठाकुर, प्रा.डा . डीबी राेका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राखेका थिए ।

प्रधानमन्त्रीले आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलाेपटक परामर्श गरेकाेमा उनीहरुले विशेष आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ९ : ०२ बजे

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित