टोखामा कोरोना संक्रमित १३ सय नाघ्यो | Khabarhub Khabarhub

टोखामा कोरोना संक्रमित १३ सय नाघ्यो


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो ।

सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् ।

यस्तै, वडा नं १ मा २८, २ मा ६२, ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् ।

यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन् ।

कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमितमध्ये ४११ होम आइसोलेशन र  ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले राससलाई जानकारी दिए । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।

टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुईजना छन् ।

नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शैय्याको आइसोलेशन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ ।

नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेशन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

नगरपालिकाभित्रका सबै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । हालसम्म झण्डै पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गरिसकेको छ ।

टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णय गरिसकेको छ ।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ४८ बजे

महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी