महिनावारीबारे जान्नैपर्ने कुरा « Khabarhub

महिनावारीबारे जान्नैपर्ने कुरा


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः महिलाहरु महिनावारीका बारे कुरा गर्न लजाउँछन् । नेपाली महिलामाझ अझै पनि महिनावारी बारे धेरै भ्रम छ ।

महिनावारी वा रजश्वला एउटा शारीरिक प्राकृतिक प्रक्रिया हो । यसप्रति कुनै पनि अन्धविश्वासको भर पर्नु हुदैन । त्यसैले हरेक महिलाले महिनावारीबारे वैज्ञानिक जानकारी लिन आवश्यक छ ।

महिनावारीको चक्र हरेक महिलामा फरक फरक हुनसक्छ । सामान्यता यो २८ दिनको चक्र हुन्छ । तथापी २२ देखि लिएर ३३ दिनसम्म महिनावारी चक्र सामान्य मानिन्छ । महिनावारी ढिलो हुदाँ गर्भवती हुने डर हुन्छ । तर कतिपय अवस्थामा स्वास्थ्य समस्याका कारण पनि यो चक्र ढिलो हुने गर्दछ ।

महिनावारीको समयमा शरीरबाट रक्तश्राव हुदाँ डराउँनु पर्दैन । यो शरीरको रगत कम भएको होइन । महिनावारीको समय एक दिनमा करिब चार चम्चासम्म रक्तश्राव हुन्छ । यो सामान्य हो । तर यो भन्दा बढि भएमा एक पटक चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।

महिनावारीका विषयमा सदिऔंदेखि चल्दै आएको भ्रम हो नुहाउने वा कपाल धुनु हुदैन । तर यो केवल एक भ्रम हो । बरु यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।

महिनावारी हुदाँ महिलाले घरको वा कार्यालयको काममा जानु हुदैन भन्ने गलत धारणा हो । असामान्य अवस्था नभए महिनावारीको समयमा मज्जाले घरको काम वा कार्यालय जादाँ हुन्छ ।

महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैन भन्ने गलत धारणा हो । महिनावारी र अमिलो पदार्थबीच कुनै सम्बन्ध हुदैन । बरु मसालायुक्त खानाले पेट खराब गर्न सक्छ । तर यसबाट महिनावारीको पीडामा असर भने पर्दैन ।

महिनावारीको समयमा व्यायाम गर्न हुदैन भन्नु भ्रम हो । यसले उल्टै पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ । त्यसैले महिनावारीको समयमा आराम गरेर मात्र नबस्दा हुन्छ ।

महिनावारीको समयमा यौन सम्पर्क हुदाँ गर्भधारण हुँदैन भन्ने गलत धारणा हो । महिनावारीको समयमा पनि महिला गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ । तर अधिकाशं अवस्थामा महिनावारी हुदाँ गर्भ रहने संभावना कम हुन्छ । हुदैन भन्ने चाहि होइन ।

महिनावारीका बेला यौन सम्पर्क राख्नु हुदैन भन्ने हुदैन । यसबेला शरीरमा रक्तश्राव हुने भएकाले असहज वा दिङ्गदिङ्ग लाग्ने गर्दछ । तथापी केही चिकित्सक महिनावारीको समयमा यौन सम्पर्क गर्दा ज्यान दुखेको निको हुने बताउछन् । यो बेला सेक्स गर्दा पीडामा कमी आउँने उनीहरुको तर्क छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १२ : ०३ बजे

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१