पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका « Khabarhub

पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।

कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म छ हजार ९७७ जनाको मृत्यु भएको छ । ती मध्ये नौ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख १८ हजार ८८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा १८ हजार ९८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन भने ती मध्ये ९७२ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसिओसी)ले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ ।

नयाँ निर्देशिका अनुसार बैबाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा छ फिट दूरी कायम गर्नुपर्ने, बैबाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राति १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ ।

सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने बैबाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दूरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ ।

बैबाहिक समारोहमा सहभागी हुने सवैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाईने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ ।

आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ४९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु