भाइमसलाको भाउ घटे पनि व्यापार बढेन « Khabarhub

भाइमसलाको भाउ घटे पनि व्यापार बढेन


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर उपहारसँगै दिने ‘भाइमसला’ को व्यापार निकै ठूलो हुने गर्छ ।

भाइमसला भनिने खानेकुरामा ओखर, बदाम, काजु, किसमिस लगायत महँगा मानिने चिजहरू हुन्छन् । विशेषगरी तिहार निजिकै आउँदै गर्दा बजारमा भाइमसला किन्ने दिदीबहिनीको भिडभाड निकै बाक्लो हुन्छ । काठमाडौँको असन-इन्द्रचोक क्षेत्रमा त ठेलामठेल भिड हुने गर्छ ।

अन्यत्र पनि पसलहरूमा दिदीबहिनीको भिड लाग्छ । तिहारमा ठूलो परिमाणमा भाइमसला बिक्री हुने भए पनि यस वर्ष व्यापार निकै निराशाजनक भएको व्यापारीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको भयका कारण व्यापार घटेको उनीहरूको भनाइ छ ।

कोरोना माहामारीले ६ महिनाभन्दा लामो समय ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान हुन नसकेको व्यापारीहरू बताउँछन् । भाइमसलामा वर्षभरिको आधा हिस्सा व्यापार तिहारमा हुने गरेको भए पनि यस वर्ष व्यापार नचम्किएको खुद्रा व्यापारी रमेश कटुवालको भनाइ छ ।

‘खुद्रा व्यापारमा विशेषगरी भाइमसलाका सामानहरू तिहारमा वर्षभरिको व्यापारको आधा हिस्सा हुने गर्थ्यो,’ कटुवालले भने, ‘यो वर्ष त तिहारको व्यापार चौपट होला जस्तो छ ।’

भाइटीका आउन एक सातामात्र बाँकी हुँदा पनि बजारमा दिदीबहिनीको चहलपहल नदेखिएको कटुवालले बताए । उनले भने, ‘कोभिडका कारण ८ महिनासम्म व्यापार ठप्प भयो, तिहारमा केही होला कि भन्ने आशा छ, हेरौँ के हुन्छ !’

प्रायजसो चाडपर्वको समयमा हरेक सामग्रीको मूल्य बढ्ने गर्छ । व्यापारीले पनि अनेक बहानामा उपभोक्तासँग महँगो मूल्य लिने गर्छन् । यस वर्ष भने तिहारमा भाइमसलाको मूल्य २० प्रतिशतसम्म घटेको व्यापारीहरूको भनाइ छ ।

समान कटाउन मूल्य कटौती

विगतको तुलनामा यस वर्ष बजारमा चहलपहल कम भएकोले व्यापारीहरूले आफूसँग रहेको सामान मूल्य घटाएरै भए पनि बेच्न चाहेको नेपाल खुद्रा व्यापार संघका पदाधिकारीहरूको भनाइ छ ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठ भन्छन्, ‘कोभिडका कारण लामो समयदेखि व्यापार ठप्प छ । व्यापारीहरूसँग स्टक रहेका र सामान कटाउन पनि जतिमा खरिद गरेको त्यतिमै बिक्री गर्नुपर्ने अवस्था आयो ।’

काजु, किसमिस लगायतका सामान मिठाई पसल र पार्टी प्यालेसमा पनि निकै ठूलो परिमाणमा खपत हुन्थ्यो । यस वर्ष यी दुवैमा अत्यन्तै कम खपत भएको श्रेष्ठले बताए । उनले भने, ‘कोभिडका कारण मिठाई पसल र पार्टी प्यालेसमा मसलाको सामान खपत हुन सकेन । मौज्दातमा रहेको सामान बिक्री भएन । यो तिहारमा मूल्य घटाएरै भए पनि बेच्नुपर्छ भन्ने सोच गरेका हौँ ।’

व्यापारीसँग भएको सामान बजारमा पठाउने मौज्दात नराख्ने सोचले मूल्य घटाएको उनको भनाइ छ ।

यस्तो छ मूल्य

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अनुसार गत वर्ष १ हजार ५५० देखि १ हजार ७०० रुपैयाँ प्रतिकेजीसम्म रहेको काजुको मूल्य अहिले १ हजार ४५० देखि १ हजार ५५० रुपैयाँ छ ।

पिस्ता प्रतिकेजी १ हजार २००, किसमिस ५००, नरिवल प्रतिकेजी ४०० देखि ४५०, छोकडा प्रतिकेजी २००, ल्वाङ प्रतिकेजी १ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै भारतीय सुपारीको मूल्य प्रतिकेजी ५५० देखि ९००, सिङ्गापुरको सुपारी प्रतिकेजी ४००, ओखर प्रतिकेजी ६०० सयदेखि ६५०, अञ्जिर १ हजार ८०० रुपैयाँ रहेको छ ।

भाइमसलामा प्रयोग हुने दालचिनी प्रतिकेजी ५००, मिश्री प्रतिकेजी २००, खुर्पानी प्रतिकेजी १ हजार, अलैँची प्रतिकेजी १ हजार २००, सुकुमेल प्रतिकेजी ४ हजार ८०० सयदेखि ५०० हजार रुपैयाँ रहेको छ ।

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अनुसार उक्त मूल्य करिब २० प्रतिशतसम्म कम हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ०५ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा