प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप | Khabarhub Khabarhub

प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुईरदुई, इलाम र पाँचथरमा एक/एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ३३ बजे

तीन घण्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं– तीन घण्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ । छिटो,

कानुनविपरित सञ्चालित मधेशका ५८ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन 

जनकपुरधाम– मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७

सरकारले चाहे पूर्वराजाको सुविधा खोस्न सक्छ : कृष्ण सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा

पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसाइली

 काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र