‘अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्ड’ द्वारा दीपकराज जोशी सम्मानित « Khabarhub

‘अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्ड’ द्वारा दीपकराज जोशी सम्मानित


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पर्यटन बोर्डका निवर्तमान  प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा टुरिजम रिकभरी टास्कफोर्स-नेपालका संयोजक दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डबाट सम्मानित भएका छन् ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रबर्द्धन लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जोशीलाई वर्ल्ड टुरिजम नेटवर्कले सम्मान गरेको हो ।

जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य पाउने पहिलो नेपाली बनेका छन् भने दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्ति समेत बनेका छन् ।

अवार्ड प्राप्त गर्ने अन्य व्यक्तिमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाब्वेका पूर्वपर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेट रहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ४० बजे

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं– सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड

कास्की– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने

दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र