७० करोड घुस प्रकरण : अडियो सार्वजनिक गर्ने मिश्रले दिए यस्तो प्रतिउत्तर पत्र (पूर्णपाठसहित) « Khabarhub

७० करोड घुस प्रकरण : अडियो सार्वजनिक गर्ने मिश्रले दिए यस्तो प्रतिउत्तर पत्र (पूर्णपाठसहित)


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण खरिदमा ७० करोड घुस मोलमोलाई गरेको अडियो सार्वजनिक गर्ने विजय मिश्रले मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर पत्र पेश गरेका छन्।

सो अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका बाँस्कोटाले अडियो सार्वजनिक गरी आफ्नो बेइज्जती गरेको र अनाधिकृत रुपमा अडियो रेकर्ड गरेको, अडियोमा छेडछाड गरेको भन्दै उनीमाथि कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

सोही मुद्दाको प्रतिउत्तर वारेसमार्फत मंगलबार मिश्रले अदालतमा दिएका हुन्।

हाल जापानमा रहेका मिश्रले काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने आजद कार्कीलाई वारेस बनाएर मंगलबार प्रतिउत्तर दिएका हुन्।

प्रतिउत्तरसँगै सो अडियो टेप र सुरक्षण मुद्रण खरिदका विषयमा भएका दर्जनौ प्रमाण संलग्न गरेका छन्।

उनले प्रतिउत्तरमार्फत सुरक्षण मुद्रण खरिदमा १४ अर्ब रुपैयाँ भ्रष्टाचारको योजना बनाइएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न रहेको दावी गरेका छन्।

मिश्रले पेश गरेको प्रतिउत्तर यस्तो छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : २३ बजे

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर