७० करोड घुस प्रकरण : अडियो सार्वजनिक गर्ने मिश्रले दिए यस्तो प्रतिउत्तर पत्र (पूर्णपाठसहित) | Khabarhub Khabarhub

७० करोड घुस प्रकरण : अडियो सार्वजनिक गर्ने मिश्रले दिए यस्तो प्रतिउत्तर पत्र (पूर्णपाठसहित)


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण खरिदमा ७० करोड घुस मोलमोलाई गरेको अडियो सार्वजनिक गर्ने विजय मिश्रले मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर पत्र पेश गरेका छन्।

सो अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका बाँस्कोटाले अडियो सार्वजनिक गरी आफ्नो बेइज्जती गरेको र अनाधिकृत रुपमा अडियो रेकर्ड गरेको, अडियोमा छेडछाड गरेको भन्दै उनीमाथि कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

सोही मुद्दाको प्रतिउत्तर वारेसमार्फत मंगलबार मिश्रले अदालतमा दिएका हुन्।

हाल जापानमा रहेका मिश्रले काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने आजद कार्कीलाई वारेस बनाएर मंगलबार प्रतिउत्तर दिएका हुन्।

प्रतिउत्तरसँगै सो अडियो टेप र सुरक्षण मुद्रण खरिदका विषयमा भएका दर्जनौ प्रमाण संलग्न गरेका छन्।

उनले प्रतिउत्तरमार्फत सुरक्षण मुद्रण खरिदमा १४ अर्ब रुपैयाँ भ्रष्टाचारको योजना बनाइएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न रहेको दावी गरेका छन्।

मिश्रले पेश गरेको प्रतिउत्तर यस्तो छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : २३ बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै