जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक ! « Khabarhub

जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक !


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस बर्षायाममा झाडापखला लाग्ने बुझ्दछन् । तर यो रोग बर्षामा मात्र नभइ जाडोयाममा पनि लाग्दछ । जाडोमा हुने झाडापखालालाई वीन्टर डायरिया भनिन्छ ।

विन्टर डायरिया विशेषगरी नवजात शिशु र साना बालबालिकामा हुने गर्दछ । र यो मौसमको झाडापखाला खतरनाक हुन्छ । यस्तो झाडापखालाको मुख्य कारण नै चिसो हो ।

जाडोको मौसममा ‘रोटाभाइरस’ सक्रिय हुन्छन जसले झाडापखालाको समस्या हुन्छ । यसको राम्रो उपचार नभएम जलबियोजन अर्थात डिहाइड्रेसन हुनसक्छ । र शरीरमा पानीको कमी भइ बिरामीको मृत्यु समेत हुनसक्छ ।

जलवियोजन कसरी थाहा पाउने ?

– बिरामीलाई हेरेर पनि जलवियोजनबारे जानकारी हुन्छ ।
– दिसामा रगत मिसिए, तिर्खा लागिरहे, रुँदा आँशु नआए बच्चामा जलवियोजन हुनसक्छ ।
– आँखा गाडिए, बेहोस हुने, मुख, ओठ, जिब्रो सुख्खा भएमा समेत जलवियोजन हुन सक्छ ।
– पेटको छाला खुकुलो वा पातलो भए बिरामिलाई छामेर पनि जलवियोजन थाहा हुनसक्छ ।
– जलवियोजन हुदाँ बैचैनी हुने, झर्को मान्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।
– अत्यधिक तिर्खा लाग्ने, पानी पिउँदा हतारिने जस्ता लक्षण समेत जलवियोजन हो ।
– जलवियोजन भएको मानिसको छाला तानेर छोड्दा विस्तारै फर्किने गर्छ ।
बच्ने उपाय
– पखालाका विरामिको ऊपचार भनेकै प्रसस्त पानि भएकाले पानि पिउन दिनु पर्दछ ।
– प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल ख्वाउनु पर्दछ ।
– २ देखि १० बर्षसम्मका बालबालिकालाई १०० देखि २०० मिलि जीवनजल दिनुपर्छ ।
– दिसापछि र खाना अघिपछि राम्रोसँग साबुनपानीले हात धुने ।
– फलफुल तथा हरियो सागपात राम्रोसँग पखालेर मात्र खाने ।
– खानेकुरा जहिल्यै छोपेर राख्नुपर्छ ।
– बच्चालाई जिवनजल दिइरहनुपर्छ । स्तनपानलाई नियमित राख्नु पर्दछ ।
– बच्चा खानसक्ने भए केरा, ऊसिनेको आलु मुछेर खान दिनुपर्छ ।
– बच्चालाई ग्लुकोज या चिनी पानीको मात्र झोल दिनु हुँदैन ।
– कोकाकोला, कफि लगायतका कफिनको मात्रा भएको तरल ख्वाउनु हुदैँन ।
– शिशुलाई आमाको दुधबाहेक बाहिरी दुध तथा दुधका परिकार खुवाउनु हुँदैन ।

यति गर्दा पनि पटक पटक पातलो दिशा भएमा, राम्रोसाग पिऊन र खान नसकेको अवस्थामा, तारन्तार बान्ता भएमा, ज्वरो आइरहेमा, अत्याधिक तिर्खा लाग्ने समस्या भएमा, दिसामा रक्त देखिने लगायतको अवस्थामा तुरुन्त अस्पताल जानु पर्दछ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ५ : ४५ बजे

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु