यसरी टुंग्याउनुहोस् श्रीमानश्रीमतीको झगडा « Khabarhub

यसरी टुंग्याउनुहोस् श्रीमानश्रीमतीको झगडा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रायः दम्पतीको झगडा केहिबेर सकिन्छ । नेपाली उखानै छ, ‘लोग्नेस्वास्नीको झगडा परालको आगो ।’ तर, कहिलेकाहि सामान्य विवाद समेत ठुलो झगडामा परीणत हुन्छ ।

घर व्यवहार चलाउने क्रममा सानोतिनो असमझदारी हुदाँ हुने सामान्य विवाद हुनु ठिकै हो हो । तर, यसलाई धेरै लामो समयसम्म कायम राख्नु भने हुदैँन । यदि झगडा भइहालेमा के गर्ने त ?

१. झगडामा रिस पोख्नु मानविय स्वभाव हो । तर रिसको पनि सिमा हुन्छ । यसलाई शान्त पार्न नसक्ने प्रवृत्ति हावी हुन दिनु हुदैँन । तसर्थ रिसलाई जित्ने बानि बसाउनुहोस् ।

२. झगडापछि रिस उठेमा आफूलाई शान्त पार्न मनोरञ्जनमा मनलाई भुलाउनु पर्दछ । सकेसम्म आफूलाई खुसी बनाउने र पार्टनरका बारेमा आउने नकारात्मक बिचार त्यागेर सकारात्मक ५ वटा कुरा खोजौं ।

३. पति पत्नीबीच बहस हुन थालेपछि त्यसमा छिनोफानो गर्ने भनेर नलाग्नुहोस् । आफुलाई जिताउन बहसलाई नरोज्नुहोस् । दुईमध्ये एक पछि हट्नुहोस् ।

४. झगडा पर्दा एउटा पार्टनर चुप लाग्नुपर्छ । यसले झगडा अघि बढ्न पाउँदैन । तर सधै एउटै पार्टनर चुप लाग्नु पर्छ भन्ने हुदैँन । बरु एकछिन तर्क वितर्क नगरी बस्नु पर्दछ ।

५. झगडा हुनुमा कुनै कारण हुन्छ । यदि त्यसमा आफ्नो गल्ती भए माफि माग्नु उत्तम हुन्छ । तसर्थ गल्ती ढाकछोप गरी कुर्तक गरि जित्न तर्फ नलानुहोस् ।

६. आपसी असमझदारीबाट झगडा सुरु हुने हुदाँ पार्टनरको तर्क बुझ्न तर्फ लाग्नु पर्दछ । पार्टनरले भन्न खोजेको कुरा वा आशय बुझेरमात्र कुनै निष्कर्ष निकाल्नु पर्दछ । यसमा धैर्यता महत्वपुर्ण हुन्छ ।

माथिका उपायबाट दम्पतीबीचको झगडा अन्त्य गर्न सकिन्छ । तर जति ठुलो बिषय भएपनि भुलेर पनि कार्यालय जानुअघि, सन्तान वा आमाबुवाका अगाडी, साथीसंगी तथा छरछिमेक अगाडी, ड्राइभिङ गरिरहेको बेला, कामले थाकेर आएको बेला, भोको वा तनावग्रस्त अवस्थामा, मदिरा पिएको बेला, विशेष दिन जस्तै बर्थ डे, एनिभर्सरी लगायतका दिनमा दम्पतीले एकआपसमा झगडा, विवाद वा भनाभन गर्नु हुदैँन । रिस एक क्षणको आवेग हो, यसलाई शान्त हुन दिनु पर्दछ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : १३ बजे

रास्वपा सभापति लामिछाने भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच

मेची-महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

गण्डकी– मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको

वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपा

३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको