बोइङ ७३७ म्याक्स सिरिज विमानको उडान पुनः सुरु « Khabarhub

बोइङ ७३७ म्याक्स सिरिज विमानको उडान पुनः सुरु


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स सिरिजको विमानको पुनः उडान सुरु भएको छ ।

यो सिरिजको विमानमा समस्या देखिएपछि २०१९ को मार्चदेखि विश्वभरको बोइङ म्याक्स सिरिजको विमान उडानमा रोक लगाइएकोमा ब्राजिलको गोल एअरलाइन्सले पहिलो पटक व्यावसायिक उडान सुरु गर्ने पहिलो राष्ट्र बनेको छ ।

विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो एलेग्री शहरका लागि पहिलो उडान गरेको छ । सन् २०१९ को पाँच महिनाको अवधिमा दुईपटक दुर्घटना हुँदा ३ सय ४६ जनाको मृत्यु भएपछि यो सिरिजको विमान उडानमा रोक लगाइएको थियो ।

पुनः उडानका लागि ब्राजिलले १ सय ४० जना चालकदललाई प्रशिक्षण दिएको थियो । ब्राजिलको गोल एअरलाइन्ससँग ७ वटा ७३७ म्याक्स विमान रहेका छन् ।

उडानमा रोक लगाइएपछि विमान निर्माता कम्पनीहरुले उडान नियन्त्रणमा लिई अपडेट गर्ने, चालक दलको प्रक्रियाहरुमा संशोधन गर्ने र विमानको सामग्रीहरु परिमार्जन गरेको ब्राजिलको गोल एअरलाइन्सका उपाध्यक्ष सेल्सो फेरेरले बताए ।

उनले २० महिनाको प्रयासपछि बोइङ ७३७ म्याक्स सिरिजको विमान पुन: उडान गरिएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ९ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको