बोइङ ७३७ म्याक्स सिरिज विमानको उडान पुनः सुरु « Khabarhub

बोइङ ७३७ म्याक्स सिरिज विमानको उडान पुनः सुरु


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स सिरिजको विमानको पुनः उडान सुरु भएको छ ।

यो सिरिजको विमानमा समस्या देखिएपछि २०१९ को मार्चदेखि विश्वभरको बोइङ म्याक्स सिरिजको विमान उडानमा रोक लगाइएकोमा ब्राजिलको गोल एअरलाइन्सले पहिलो पटक व्यावसायिक उडान सुरु गर्ने पहिलो राष्ट्र बनेको छ ।

विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो एलेग्री शहरका लागि पहिलो उडान गरेको छ । सन् २०१९ को पाँच महिनाको अवधिमा दुईपटक दुर्घटना हुँदा ३ सय ४६ जनाको मृत्यु भएपछि यो सिरिजको विमान उडानमा रोक लगाइएको थियो ।

पुनः उडानका लागि ब्राजिलले १ सय ४० जना चालकदललाई प्रशिक्षण दिएको थियो । ब्राजिलको गोल एअरलाइन्ससँग ७ वटा ७३७ म्याक्स विमान रहेका छन् ।

उडानमा रोक लगाइएपछि विमान निर्माता कम्पनीहरुले उडान नियन्त्रणमा लिई अपडेट गर्ने, चालक दलको प्रक्रियाहरुमा संशोधन गर्ने र विमानको सामग्रीहरु परिमार्जन गरेको ब्राजिलको गोल एअरलाइन्सका उपाध्यक्ष सेल्सो फेरेरले बताए ।

उनले २० महिनाको प्रयासपछि बोइङ ७३७ म्याक्स सिरिजको विमान पुन: उडान गरिएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ९ : ३० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस