यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र « Khabarhub

यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामन्यतया कुनैपनि मानिसमा हुने मोटोपनले शरीर भद्धा देखाउने मात्रै होईन अन्य स्वास्थ्य समस्या निम्त्याउने भएको कारण पनि सबैको समस्याको विषय हो ।

बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ ।

उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ । उनका ‘फिगरलाई’ लिएर पनि धेरै फ्यान प्रभावित भएका छन् । प्रायः सबैलाई हुन्छ कि, आफ्नो ज्यान पनि त्यस्तै फिट होस् ।

के गर्छिन् आलिया ?

आलिया हरेक दुई घण्टामा केही न केही खाने गर्छिन् । तर उनले खानामा भने ख्याल गर्ने गर्छिन् । त्यसकारण पनि उनी फिट देखिन्छिन् ।

आलिया बिहान उठ्नासाथ ब्रेकफास्टमा अम्लेट या ‘एग स्यान्डवीच’ खाने गर्छिन् । यसका अलावा उनले कहिलेकाहीं स्टिम्ड चिउरा पनि ब्रेकफास्टमा खाने गर्छिन् ।

नास्ता र खानाको बीचमा उनले आफूलाई मन पर्ने कुनै फलफूल सधै खाने गर्छिन्।

उनले अन्तर्वार्तामा भनेकी छिन् उनलाई जुस पनि उत्तिकै मन पर्छ । लन्चमा उनी उमालेको सब्जी खान्छिन् । त्यो सागमा तेल या घ्यू केही पनि राखिएको हुन्न ।

यसका अलावा उनले खानामा कहिलेकाहीं दूध पनि खान्छिन् । चिया खानुपरेमा सँधै उनले दूध नहालेको चिया नै पिउने गर्छिन् ।

डिनरमा उनले सिजनल तरकारीसँग रोस्ट गरेको चिकेन या माछा खाने गर्छिन् । यसो गर्दा उनले आफूले फिट राखेको बताउँछिन् ।

उनको खानामा पिरो या स्वास्थ्यलाई असर पार्ने कुनै कुरा पनि हुँदैन ।

उनले मिडियामा भनेकी छिन्, ”सकारात्मक सोँच र नियमित खानपान तथा व्यायाम र योग फिट शरीरको राज हो ।”

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ४८ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ