यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र | Khabarhub Khabarhub

यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामन्यतया कुनैपनि मानिसमा हुने मोटोपनले शरीर भद्धा देखाउने मात्रै होईन अन्य स्वास्थ्य समस्या निम्त्याउने भएको कारण पनि सबैको समस्याको विषय हो ।

बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ ।

उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ । उनका ‘फिगरलाई’ लिएर पनि धेरै फ्यान प्रभावित भएका छन् । प्रायः सबैलाई हुन्छ कि, आफ्नो ज्यान पनि त्यस्तै फिट होस् ।

के गर्छिन् आलिया ?

आलिया हरेक दुई घण्टामा केही न केही खाने गर्छिन् । तर उनले खानामा भने ख्याल गर्ने गर्छिन् । त्यसकारण पनि उनी फिट देखिन्छिन् ।

आलिया बिहान उठ्नासाथ ब्रेकफास्टमा अम्लेट या ‘एग स्यान्डवीच’ खाने गर्छिन् । यसका अलावा उनले कहिलेकाहीं स्टिम्ड चिउरा पनि ब्रेकफास्टमा खाने गर्छिन् ।

नास्ता र खानाको बीचमा उनले आफूलाई मन पर्ने कुनै फलफूल सधै खाने गर्छिन्।

उनले अन्तर्वार्तामा भनेकी छिन् उनलाई जुस पनि उत्तिकै मन पर्छ । लन्चमा उनी उमालेको सब्जी खान्छिन् । त्यो सागमा तेल या घ्यू केही पनि राखिएको हुन्न ।

यसका अलावा उनले खानामा कहिलेकाहीं दूध पनि खान्छिन् । चिया खानुपरेमा सँधै उनले दूध नहालेको चिया नै पिउने गर्छिन् ।

डिनरमा उनले सिजनल तरकारीसँग रोस्ट गरेको चिकेन या माछा खाने गर्छिन् । यसो गर्दा उनले आफूले फिट राखेको बताउँछिन् ।

उनको खानामा पिरो या स्वास्थ्यलाई असर पार्ने कुनै कुरा पनि हुँदैन ।

उनले मिडियामा भनेकी छिन्, ”सकारात्मक सोँच र नियमित खानपान तथा व्यायाम र योग फिट शरीरको राज हो ।”

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ४८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार