एकाधिकार कायम गरेको भन्दै फेसबुकविरूद्ध अमेरिकाका ४८ राज्यले दायर गरे मुद्दा « Khabarhub

एकाधिकार कायम गरेको भन्दै फेसबुकविरूद्ध अमेरिकाका ४८ राज्यले दायर गरे मुद्दा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एकाधिकार कायम गरेको भन्दै अमेरिकाका ४८ वटा राज्यले फेसबुकविरूद्ध मुद्दा दायर गरेका छन् ।

फेसबुकले गैरकानूनीरूपमा प्रतिस्पर्धीहरूलाई किन्ने तथा  दबाउने काम गरेको सङ्घीय नियामकहरू र ४८ वटा राज्यका अभियोजनकर्ताहरूके आरोप छ ।

कुनै पनि सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम भएको बीबीसीले जनाएको छ ।

फेसबुकले आफ्नो एकाधिकार लाद्न अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत लगानी गरेको अभियोजनकर्ताहरूको दाबी छ ।

४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन फेसबुकले साना कम्पनीहरू पनि आफ्नै नियन्त्रणमा लिएको दाबी गरेकी छन् ।

फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । फेसबुकको एकाधिकार हटाउन इन्स्टाग्राम र ह्वाट्सएपबाट उसको लगानी झिक्न पर्ने माग दाबी गरिएको छ ।

तर, फेसबुकले भने अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको प्रष्ट्याएको छ ।

फेसबुककी बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिन सरकार उद्धत भएको आरोप लगाएकी छन् ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु