अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख २५ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख २५ हजारमा संक्रमण


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ  ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २५ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।  अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि गत शनिबार (२० मंसिरमा) २ लाख २४ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

२ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दिनमा लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६२ लाख ९६ हजार ९३३ जनामध्ये २७ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८९६ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २४३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९६ हजार ६९८ पुगेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १२ : ०३ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो