भ्रष्टाचारविरूद्ध इमानदार हो भने सरकारले ओम्नी लगायतका काण्ड छानविन गरोस्- नेता भट्टराई « Khabarhub

भ्रष्टाचारविरूद्ध इमानदार हो भने सरकारले ओम्नी लगायतका काण्ड छानविन गरोस्- नेता भट्टराई


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको छानविन गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमानदार नभएको आरोप लगाउँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई चुनौती दिएका हुन् ।

भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने प्रधानमन्त्री ओलीले यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गर्न पर्ने उनको भनाइ छ ।

डा.भट्टराईले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै गरेको भिडियो ट्वीटरमा सेयर गर्दै प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भन्ने अभिव्यक्तिलाई लोक कथासँग तुलना गरेका छन् ।

उनले भनेका छन्,‘सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिदो रैछ ! साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गरौं न त !’

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  १२ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको