टीपीएस कार्यक्रम अन्तर्गतका नेपालीले अमेरिकामा थप ९ महिना बस्न पाउने « Khabarhub

टीपीएस कार्यक्रम अन्तर्गतका नेपालीले अमेरिकामा थप ९ महिना बस्न पाउने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीले थप नौ महिना बस्न पाउने भएका छन् ।

ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने बुधबार निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।

तर, यस्तो बसोबास अब दिने की नदिने भन्नेमा अमेरिकामा अहिले मुद्दा विचाराधिन छ ।

अमेरिकाको पछिल्लो निर्णयले एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिक थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ । उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो ।

नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाएका छन् ।

टीपीएस कार्यक्रमअन्तर्गत अमेरिकामा १५ हजार हाराहारी नेपाली नागरिकहरु बसोबास रहेको बताइन्छ ।

२०७२ वैशाख १२ को भूकम्पपछि अमेरिकी सरकारले नेपालीलाई दिएको टीपीएस सुविधा दिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १ : २२ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस