अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने | Khabarhub Khabarhub

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  महोत्तरी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी वर्षभित्र पेट्रोल ल्याउने तयारी थालिएको छ ।

यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो ।  अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो ।

निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँगकुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ ।

कार्यालय प्रमुख भरत रेग्मीले भने, ‘४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ ।  दुई ट्याङ्कीमध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ भने एउटा ट्याङ्की आयल निगमले आफैँ बनाउने छ ।’

ट्याङ्की निर्माण भएपछि एकपटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ । ट्याङ्कीमा आगो लागि हाले निभाउनका लागि ३०/३० लाख लिटर पानी भण्डारण गर्ने दुईवटा ट्याङ्की तयार हुनेछ । साथै अत्याधुनिक प्रयोगशाला र २४  भ्याकरमा एकैपटक पेट्रोल लोड अनलोड गर्ने काम हुनेछन् ।

नेपाल सरकारको करिव दुई अर्बको लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ । साथै निर्माण भइरहेको पेट्रोल ट्याङ्करमा स्वचालित उपकरणबाट जाँच गर्न सकिने जनाइएको छ ।

पाइप लाइनमा पेट्रोल ल्याउन मोतिहारी तर्फ काम सम्पन्न भइसकेको बताइएको छ ।

भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ । यसैगरी अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ ।

कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक कामहरु हुनेछन् ।

अहिले सो पाइपबाट भारत विहारको पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरिएको छ ।  मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छ ।

प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने जनाइएको छ ।

पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र  पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  २ : ४५ बजे

आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला

तुलसीपुर– सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा

जापानले माग्यो अमेरिकासँग स्टिल शुल्कमा छुट 

एजेन्सी – जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति

आज हग डे : प्रेम अभिव्यक्त गर्न अँगालो मार्नुका फाइदै फाइदा

काठमाडौं– प्रेम र स्नेहको प्रतीक, ‘हग डे’ हरेक वर्ष भ्यालेन्टाइन

नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण, १ करोडलाई समेट्ने लक्ष्य

काठमाडौं– निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

ढोरपाटन – जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा