कोरोना भाइरस सात प्रकारका हुने बैज्ञानिकको दाबी, सबैभन्दा घातक कुन ? « Khabarhub

कोरोना भाइरस सात प्रकारका हुने बैज्ञानिकको दाबी, सबैभन्दा घातक कुन ?


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड –१९) सात प्रकारको हुने बैज्ञानिकहरुले दाबी गरेका छन् ।

तर ती मध्ये एक प्रकारको कोरोना भाइरस भने अत्याधिक खतरानाक हुने गरेको उनीहरुको दाबी छ । उक्त कोरोना भाइरसको नाम हो नोबेल कोरोना भाइरस (एनसीओबी कोभिड–१९) ।

यो कोरोना परिवार मध्येको सातौँ सदस्य हो । आउनुहोस् जानिराखौँ, कोभिड–१९ भन्दा पहिला कुन–कुन कोरोना भाइरस थिए त ?

१. ह्युम्यान कोरोनाभाइरस एस २२९ ई

ह्युम्यान कोरोनाभाइरस एस २२९ ई पनि कोरोना भाइरसका परिवारको एक सदस्य हो । यो भाइरसले मानिसहरु र चमेरोलाई संक्रमित बनाउँदछ । यो भाइरसको सिएक सिंगल स्ट्राण्डेड आरएनए भाइरस हो जो, एपीएन रिसेप्टरको माध्यमबाट मानिसहरुको कोशिकामा प्रवेश गर्दछ । एचसीओभी –२२९–ई को लक्षण भनेको धेरै जाडो हुने र अत्याधिक खोकी लाग्ने हो ।

२. ह्युम्यान कोरोना भाइरस एनएल ६३

एचसीओबी–एनएल ६३ पनि एक किसिमको कोरोना भाइरस हो । सन् २००४ को अन्तिममा यसको पहिचान भएको थियो । भाइरस साना बच्चा, वृद्ध र तीव्र श्वासप्रश्वास सम्बन्धीका रोगीहरुलाई धेरै लाग्ने गर्दछ । यो भाइरस सबैभन्दा पहिला नेदरल्याण्डस्का ब्रोन्कोलाइटिसका सात महीनाका बच्चालाई लागेको थियो ।

३. ह्युम्यान कोरोनाभाइरस ओसी ४३

एचसीओवी–ओसी–४३ भने त्यति धेरै खतरनाक भाइरस होइन । यो भाइरसबाट संक्रमित मानिसहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखापर्दछ ।

४. ह्युम्यान कोरोनाभाइरस एचकेयु १

एचसीओबी–एचकेयु–१ भाइरस सन् २००५ मा देखिएको थियो । उक्त भाइरस एक ७१ वर्षका व्यक्तिमा पाइएको थियो । यस भाइरसको संक्रमणबाट ग्रसित बिरामीमा तीव्र श्वासप्रश्वासको समस्या देखा पर्ने गर्दछ ।

५. सार्स

सार्सका कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए भने संक्रमित मध्ये ७ सय ७४ जनाको मृत्यु भएको थियो । तर यो भाइरस कहाँबाट आएको थियो भन्ने कुरा अहिलेसम्म थाहा पाइएको छैन ।वैज्ञानिकहरुले यो भाइरस पशुहरुबाटै मानिसमा फैलिएको बताएका थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सार्स पनि एक प्रकारको कोरोना भाइरस नै थियो ।

६. मर्स कोरोना भाइरस

मर्स कोरोना भाइरस मानिसमा संक्रमण गर्ने वाला भाइरस हो । मर्सका रोगिहरुमा खोकी, निमोनिया र खराब किड्नी जस्ता लक्षण पाइने गर्दछन् । यो पनि एक ज्यानमारा भाइरस हो र यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले बताएका छन् । मर्स कोरोना भाइरस सन् २०१२ मा साउदी अरबमा भेटिएको थियो । यो भाइरस पनि कोरोना भाइरसको पूर्वज भएको शोधकर्ताहरुले बताएका छन् । यो भाइरस उँटको माध्यमबाट मानिसमा सरेको थियो ।

७. नोवेल कोरोना भाइरस

नोवेल कोरोना भाइरस (कोभिड–१९) कोरोना परिवारको सबैभन्दा खतरनाक भाइरस हो ।

यो ३१ डिसेम्बर सन् २०१९ मा चीनको हुवावे प्रान्तको वुहान शहरमा देखिएको हो । यसको लक्षण अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्यामा हुने आदि हुन् ।

यसको लक्षण सार्स र मर्समा मिल्दोजुल्दो रहेको छ । अहिले यो भाइरस विश्वव्यापी महामारीका रुपमा फैलिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ४ : ४४ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको