अर्थमन्त्री पौडेल र कोरियाली राजदूतबीच भेटवार्ता « Khabarhub

अर्थमन्त्री पौडेल र कोरियाली राजदूतबीच भेटवार्ता


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढ्दै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘इपिएस’ मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताए ।

उनले कोभिड– १९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिए ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगका लागि आग्रह गरे ।

उनले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताए ।

राजदूत योङसिकले कोरियन सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने जानकारी गराएका थिए ।

उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताए । साथै ईपिएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी दिए ।

राजदूत योङसिकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : ५९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग