फेसबुक मेसेन्जर चल्न थाल्यो  « Khabarhub

फेसबुक मेसेन्जर चल्न थाल्यो 


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार दिउँसोबाट फेसबुक मेसेन्जरमा देखिएको समस्या समाधान भएको छ । दिउँसोदेखि नै अवरुद्ध बनेको मेसेन्जर केहीबेर अघिबाट चल्न थालेको हो ।

दिउँसो मेसेन्जरको सेवा अवरुद्ध हुँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका थिए ।

अनलाइन सेवामा आधारित सर्भर ट्रयाक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे मेसेन्जरमा पहुँच पाउन नसकेको जनाएको थियो ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको थियो ।

डाउन डिटेक्टरको म्यापमा मेसेन्जर डाउनको समस्या नेपाल लगायत बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको थियो ।

म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको जनाइएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको