फेसबुक मेसेन्जर चल्न थाल्यो  | Khabarhub Khabarhub

फेसबुक मेसेन्जर चल्न थाल्यो 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार दिउँसोबाट फेसबुक मेसेन्जरमा देखिएको समस्या समाधान भएको छ । दिउँसोदेखि नै अवरुद्ध बनेको मेसेन्जर केहीबेर अघिबाट चल्न थालेको हो ।

दिउँसो मेसेन्जरको सेवा अवरुद्ध हुँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका थिए ।

अनलाइन सेवामा आधारित सर्भर ट्रयाक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे मेसेन्जरमा पहुँच पाउन नसकेको जनाएको थियो ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको थियो ।

डाउन डिटेक्टरको म्यापमा मेसेन्जर डाउनको समस्या नेपाल लगायत बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको थियो ।

म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको जनाइएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : ५३ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड