राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइयो  « Khabarhub

राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइयो 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

निमोनियाले ग्रस्त बनाएपछि उनलाई बिहीबार थप उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको हो ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनलाई निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्समार्फत विहीबार साँझ काठमाडौँ ल्याइएको हो । उनलाई काठमाडौँको  मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ०८ बजे

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ

योगेश र गोकुलहरूमाथि कारबाहीको डन्डा चलाउने ओलीको तयारी

काठमाडौं- गत बिहीबार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष

मधेसमा ३०० भन्दाबढीले गरे मतदान (तस्बिरहरू)

जनकपुरधाम– मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म