राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइयो  « Khabarhub

राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइयो 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

निमोनियाले ग्रस्त बनाएपछि उनलाई बिहीबार थप उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको हो ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनलाई निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्समार्फत विहीबार साँझ काठमाडौँ ल्याइएको हो । उनलाई काठमाडौँको  मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ०८ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न