पृथ्वी जयन्ती : त्रिद्विवसीय कार्यक्रम शुरु « Khabarhub

पृथ्वी जयन्ती : त्रिद्विवसीय कार्यक्रम शुरु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औँ पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन शुरु गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको तीनदिने कार्यक्रमको घोषणा गरिएको हो । दिवसको सन्दर्भमा शुक्रबार ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

यस्तै आज संयुक्तरूपमा ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको छ । आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ । आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिएको जनाइएको छ ।

पहिलो दिनको कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहले सानो राज्यबाट अथक प्रयास गरेर हामीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको भन्दै योगदानको प्रशंसा गरे ।

जातजाति र सांस्कृतिक वातावरण बनाउँदै नयाँ सेना निर्माण गरी राज्य विस्तार गर्नुले दूरदर्शिता प्रष्ट हुने उल्लेख गर्दै कसैले बुद्धि, कसैले युद्ध त कसैले धर्ममार्फत मुलुक यहाँसम्म ल्याइपुर्‍याएको स्मरण गरे ।

कार्यक्रममा ‘पुथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा त्रिरत्न मानन्धरले आफ्नो अन्तिम समयमा पुथ्वीनारायण शाहले ‘यो राज्य दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ…’ भनेर छिमेकी दुवै देशसँगको सम्बन्ध राम्रो बनाउन खोजेको र आफ्नो भूराजनीतिको अवस्थाबारे स्पष्ट बोलेको तथ्यबाट प्रष्ट हुने जिकिर गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले राजाहरु सहअस्तित्व कायम गर्न जनताको सेतु भएको स्मरण गर्दै राष्ट्र एकीकरणको अभियानमा पृथ्वीनारायण शाहलाई जनताको भावना बुझ्ने राजाको रुपमा स्मरण गरे ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १० : ४१ बजे

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई