पृथ्वी जयन्ती : त्रिद्विवसीय कार्यक्रम शुरु « Khabarhub

पृथ्वी जयन्ती : त्रिद्विवसीय कार्यक्रम शुरु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औँ पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन शुरु गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको तीनदिने कार्यक्रमको घोषणा गरिएको हो । दिवसको सन्दर्भमा शुक्रबार ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

यस्तै आज संयुक्तरूपमा ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको छ । आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ । आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिएको जनाइएको छ ।

पहिलो दिनको कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहले सानो राज्यबाट अथक प्रयास गरेर हामीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको भन्दै योगदानको प्रशंसा गरे ।

जातजाति र सांस्कृतिक वातावरण बनाउँदै नयाँ सेना निर्माण गरी राज्य विस्तार गर्नुले दूरदर्शिता प्रष्ट हुने उल्लेख गर्दै कसैले बुद्धि, कसैले युद्ध त कसैले धर्ममार्फत मुलुक यहाँसम्म ल्याइपुर्‍याएको स्मरण गरे ।

कार्यक्रममा ‘पुथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा त्रिरत्न मानन्धरले आफ्नो अन्तिम समयमा पुथ्वीनारायण शाहले ‘यो राज्य दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ…’ भनेर छिमेकी दुवै देशसँगको सम्बन्ध राम्रो बनाउन खोजेको र आफ्नो भूराजनीतिको अवस्थाबारे स्पष्ट बोलेको तथ्यबाट प्रष्ट हुने जिकिर गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले राजाहरु सहअस्तित्व कायम गर्न जनताको सेतु भएको स्मरण गर्दै राष्ट्र एकीकरणको अभियानमा पृथ्वीनारायण शाहलाई जनताको भावना बुझ्ने राजाको रुपमा स्मरण गरे ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १० : ४१ बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई